काठमाडौं - सुपर मादी जलविद्युत् आयोजनाको पावरहाउस बाढीले बगाएको छ ।

कास्कीको मादी गाउँपालिका–२ मा अवस्थित रहेको पावरहाउस अविरल वर्षापछि मादीखोलामा आएको बाढीले बगाएको हो । निर्माण कार्य सकिनै लागेको पावरहाउसको निर्माण सामग्रीलगायत सबै संरचना बगाएको छ । 

आयोजनामा रहेको ३ वटा स्काभेटर, ४ वटा टिपर, ४ वटा डिजल जेनेरेटर गरी २० करोडको क्षति भएको छ । 

३०० कामदारलाई सकुशल उद्धार गरिएको छ । आयोजनामा कन्सल्टेन्ट इञ्जिनियरसहित ७ सय जना कार्यरत छन्। 

बाढी आइरहेकोले कति क्षति भयो भन्ने यकिन नभएको आयोजनाका एक उच्च अधिकारीले जानकारी दिए ।