काठमाडौं ,विराटनगर - प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश भएको छ ।

आइतबार ढिलो गरी बसेको प्रदेश सभा वैठकमा इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–नेपाल पक्षले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।