शीर्षस्थानमा पिएसजीलाई १६ अंकको अग्रता
खबर एक्सप्रेस
२०७८-११-१५ ०८:१५ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) ले शनिबार राति पुनरागमन सहित सेन्ट एरिएनमाथी ३-१ अन्तरको जित निकालेको छ ।
घरेलु मैदानमा पिएसजीलाई जिताउन केलिएन एमबाप्पेले दुई तथा डानिलो पेरेइराले एक गोल गरे । सेन्ट इटिएनका डेनिस वोउएंगाले सान्त्वना गोल गरे ।
जितसँगै पिएसजीले शीर्षस्थानमा १६ अंकको स्पष्ट अग्रता लिएको छ । पिएसजीको २६ खेलबाट ६२ अंक छ । पराजित सेन्ट इटिएन २२ अंक जोडेर १६औं स्थानमा छ ।
समान खेलबाट दोस्रो स्थानमा रहेको निसको ४६ अंक छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस