पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घर नजिकै बम विस्फोट
खबर एक्सप्रेस
२०७६-११-२८ ०९:५८ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा नजिकै बम विस्फोट भएको छ ।
भक्तपुरको बालकोटमा रहेको घरमा नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान ७ः४५ बजे बम विष्फोट भएको हो । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ । छिमेकीका घर र एउटा भ्यानमा समेत बमले क्षति पुर्याएको छ ।
विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन् । बास्कोटाको घरलाई नै लक्षित गरी बम विष्फोट गराइएको प्रहरीले बताए पनि कसले र किन गरायो भन्ने खुलाएको छैन ।
फेसबुक पेज Like गर्नुहोस