एमाले स्थायी कमिटीको बैठक सर्याे, मंगलबार बस्ने
खबर एक्सप्रेस
२०७८-०२-१७ ०९:४९ मा प्रकाशित
Total Shares: 511
काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीको बैठक सरेको छ ।
आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कमिटीको बैठक मंगलबार बिहान ११ बजे बस्नेगरी सारिएको एमाले केन्द्रीय सदस्य तथा कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक धकेलिएको बताइएको छ ।
यसअघि आइतबार साँझ बस्ने भनिएको बैठक पनि स्थगित भएको थियो । आजको बैठकमा आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा, स्पष्टीकरण सोधिएका पार्टीका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस