अख्तियारका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण
खबर एक्सप्रेस
२०७७-०४-२२ ०२:१८ मा प्रकाशित
Total Shares: 267
काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण भएको छ ।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोगका १ सय बढी कर्मचारीको स्वाव परीक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको हो ।
अख्तियारका आयुक्तहरूको परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । मंगलबार मात्र आयोगका १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह पनि गरेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस