नेतृ झाँक्रीलाई अविलम्ब रिहा गर्न कांग्रेस प्रवक्ता शर्माको माग
काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीको अविलम्ब रिहा गर्न माग गरेका छन् ।
बिहीबार एक विज्ञप्ती जारी प्रवक्ता शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तन साथ पक्राउ गरिएको भन्दै झाँक्रीको रिहाईको माग गरेका हुन् ।
अधिनायक चिन्तन साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई आग्रह गर्दै झाँक्रीको रिहाईको माग गरेका हुन् । उनले पछिल्लो समय नेपाली राजनीतिमा उत्तेजक अभिव्यक्ति र ब्यवहारको शृङ्खला नै चलेको बताउँदै भनेका छन्, ‘खासगरी नेकपाका दुई समूहको नेतृत्व पंक्तिबाट ब्यक्त हुँदै आएका कतिपय अभिव्यक्ति सभ्य र सुसंस्कृत समाज अनुकुल विल्कुलै छैनन् ।’
फेसबुक पेज Like गर्नुहोस