काठमाडौं - नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले जसपाको महन्तपक्ष सरकारमा सहभागि भएसंगै संविधानवाद स्थापित भएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत उक्त धारणा व्यक्त गरेका हुन् । 

उनले फेसबुकमा लेखेका छन्,'जसपाको महन्थ पक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद स्थापित भएको छ । अब सबैपक्ष चुनाव मार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौँ।'