काठमाडौं - सरकारले महोत्तरीको बर्दिबासमा मेडिकल कलेज स्थापना गर्ने भएको छ। साथै महोत्तरीकै जलेश्वरमा पनि इन्जिनियरिङ कलेज बनाइने सरकारले बताएको छ।

शनिबार बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले यसबारे बताएका हुन्। दुवै ठाउँमा कलेज स्थापन गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने बताएको छ।

यसैगरी सरकारले चितवनमा राम मन्दिर बनाउन बजेट छुट्याएको पनि पौडेलले बताए।

सरकारले संसद्‌का दुवै सदनमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि संसद्‌ विघटन भइसकेको अवस्थामा सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि वार्षिक बजेट घोषणा गरेको हो।