कोरोनाको असरः ४४२ कैदीबन्दी छुटे
खबर एक्सप्रेस
२०७७-०१-२४ ०७:१४ मा प्रकाशित
Total Shares: 486
काठमााडौं - कारोना संक्रमणको त्रासपछि देशभरका कारागारमा विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका ४४२ जना कैदीबन्दीले कैद छुट पाएका छन् ।
सर्वोच्च अदालतको आदेशपछि सरकारले कारागारभित्र रहँदा चालचलन असल देखिएका, १९ वटा निषेधित मुद्दाबाहेकमा कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरिसकेका र वृद्ध तथा बालबालिकालाई कैद छुट गरेको हो ।
तर, राज्यविरुद्धको अपराध, युद्ध अपराध, कैदबाट भागेका तथा भगाइएको मुद्दामा कैद काटिरहेकाको कैद छुट हुनेछैन ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस