काठमाडौ - चना स्वास्थ्यका लागि निकै फाइदाजनक छ । हरेक बिहान भुटेको चना खानाले तपाईरहाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । यसमा पौष्टिक तत्व हुन्छ । यसले तपाईरहाम्रो पेटमा हुने कब्जियतबाट बचाउँछ । 

बजारमा बोक्रा भएको र बोक्रा छिलेको गरि दुई प्रकारको चना पाइन्छ । तपाईले बोक्रा सहितको चना खानुहोस्, किन भने चनाको बोक्रासमेत स्वास्थ्यका लागि राम्रो मानिन्छ । भुटेको चनामा कार्बोहाइड्रेट, प्राटिन, क्याल्सियम, आइरन र भिटामीन भरपुर पाइन्छ । 

भुटेको चना खाँदा हुने फाइदाहरुको बारेमा पढिसकेपछि तपाईलाई प्रश्न उठ्न सक्ला, एक दिनमा कति चना खाने रु यस विषयमा बसंत कुंजस्थित इन्डियन स्पाइनल इन्जरी सेन्टरको सिनियर डाइटिसियन डा। हिमांशी शर्माका अनुसार एक स्वास्थ्य ब्यक्तिले प्रत्येक विहान ५० देखि ६० ग्राम चना सेवन गर्नु उपर्युक्त हुन्छ । 

यस्ता छन् भुटेको चना खानुका फाइदाहरुः

प्रतिरोधक क्षमता बढाउँछः 

प्रत्येक विहान खाजा तथा दिउँसोको खाना खानु पहिल्यै ५० ग्राम भुटेको चना खाँदा तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि हुन्छ । तपाईको रोग प्रतिरोधक क्षमतामा बृद्धि भयो भने विभिन्न रोगहरुबाट बच्न सक्नुहुन्छ । साथै यसले मौसम अनुसार शरीरमा हुने विभिन्न समस्याबाट पनि बचाउँछ । 

मोटोपन घटाउँछः 

आफ्नो वजन कम गर्न चाहनेले भुटेको चना खानु लाभदायक छ । दैनिक रुपमा भुटेको चना खानाले मोटोपनको समस्याबाट बच्न सकिन्छ ।

पिशाव सम्बन्धि रोगबाट छुटकारा पाइन्छः 

भुटेको चना सेवन गर्दा पिशाव सम्बन्धि जोडिएको विभिन्न रोगहरुबाट पनि छुटकारा पाइन्छ । जसलाई छिन–छिनमै पिसाब लाग्छ, उनले चना खानुपर्छ । यसरी नियमित चना खानाले यस्ता समस्याबाट राहात पाइन्छ । 

कब्जियत हुनबाट बचाउँछः

जसलाई कब्जियत भएको छ, उनले प्रत्येक विहान चना खानु राम्रो मानिन्छ । कब्जियत भएको छ भने पनि भुटेको चना खाँदा निकै राहात मिल्छ ।

पाचन शक्ति बढाउँछः 

चनाले पाचन शक्तिलाई सन्तुलित राख्छ र दिमागी शक्तिलाई बढाउन दद्दत गर्छ । चनाको नियमित सेवन गर्दा रगत सफा हुन्छ, जसको कारण त्वचामा निखारता आउँछ । चनामा फस्फोरस हुन्छ, जसले हेमोग्लोविनको लेवल बढाउँछ ।

मधुमेहका रोगीलाई राहातः 

भुटेको चना खाँदा मधुमेहका रोगीले राहात पाउँछन् । भुटेको चनामा ग्लुकोजको मात्रा धेरै हुन्छ । यसले डायबिटिज रोगलाई नियन्त्रित गर्छ । भुटेको चना नियमित खाँदा ब्लड सुगरको लेवललाई पनि नियन्त्रणमा राख्छ ।