राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
खबर एक्सप्रेस
२०८२-०४-२४ ०७:१६ मा प्रकाशित
Total Shares: 129
काठमाडौं - संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान सवा ११ बजे बस्न लागेको हो ।
बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री केपी शर्मा ओलीले “महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेस गर्ने सम्भावित कार्यसूची छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस