विज्ञापन निर्देशिकाविरुद्धको रिटमा सुनुवाइ आज
खबर एक्सप्रेस
२०८०-०८-११ ०८:५८ मा प्रकाशित
Total Shares: 70
काठमाडौं - विज्ञापन निर्देशिकाविरुद्ध परेको रिटमा आज सुनुवाइ हुने भएको छ । सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठ्यारोमा पारेको भन्दै अधिवक्ता सविन पोखरेलले सर्वोच्च अदालतमा शुक्रबार रिट दायर गरेका थिए ।
अधिवक्ता पोखरेलले सरकारले विज्ञापन बोर्डमार्फत विज्ञापन व्यावसायीलाई अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सार्वजनिक खरिद अनुगमनको कार्यालय, विज्ञापन बोर्ड तथा बोर्डका अध्यक्षलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस