काठमाडौं - सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (इद उल फित्र) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले आइतबार जानकारी दिएको हो ।

‘२०८०-१०-२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र तिवारीले जारी सूचनामा उल्लेख छ ।

May be an image of text that says 'नेपाल सरकार पत्र संख्या:- गृह मन्त्रालय प्राप्त पत्र संख्या र मिती:- च.नं.:- नैपाल MRESITIRO मह सार्वजनिक बिदा सम्बन्धी सूचना सिंहबरवार, काठमाडी, नेपाल मिति २०००/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र) का दिन सार्वजनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति ನೆಂದದೇ साल चैत्र १5 गते सोमबार सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ| मिति: २०६१/१२/१७ ने.सं. ११४४ (रामचन्द्र तिवारी) सहसचिव प्रवक्ता'