आज थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु
खबर एक्सप्रेस
२०७९-०५-०१ ०५:४९ मा प्रकाशित
Total Shares: 271
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ६१९ जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ३९९ तथा एन्टिजेन विधिबाट ४४९ जनामा गरी ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५२६ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रिय संक्रमितको संख्या ५ हजार २५९ पुगेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस