काठमाडौं -  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभावले काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम धुम्म भएको छ।

यहाँ दिउँसोसम्म मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङरहुरीबताससहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरअसिनारहावाहुरीसहित मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । 

यस्तै राति पनि कोसी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ र बाँकी तराईमा आंशिक बादल लाग्नेछ। कोसी प्रदेशका केही स्थान, मधेस र बागमती प्रदेशलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बाँकी पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार पनि देशव्यापी असिनासहितको वर्षा र हिमपात भएको थियो। मौसम पूर्वानुमान महाशाखाले विभिन्न जिल्लामा ठूलो हुरीसहितको वर्षा हुने भन्दै बिहीबार नै सर्तकता अपनाउन आग्रह गरेको थियो ।