काठमाडौं - लुम्बिनी प्रदेशमा आज नै नयाँ सरकार गठनको तयारी भएको छ । आइतबार बिहानै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।

पोखरेल नै मुख्यमन्त्री बन्ने गरि नयाँ सरकार गठन हुन लागेको एमाले स्रोतको भनाई छ । प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने प्रदेशसभामा एमालेको बहुमत भएको कारणले गर्दा बुहमत प्राप्त दलको हैसियतमा पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको स्रोतको भनाई छ ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यावदले तत्कालै स्वीकृत गरेका छन् ।

प्रदेशसभामा हाल ८१ सांसद छन् जसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् । यो संख्या सरकार गठनको लागि पर्याप्त हुन्छ ।