प्रहरीका ९८ जना सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस
खबर एक्सप्रेस
२०७८-०४-०८ ०९:४२ मा प्रकाशित
Total Shares: 566
काठमाडौं - प्रहरी प्रधान कार्यालयले ९८ जना प्रहरी नायव निरीक्षक (सई)हरुलाई निरीक्षक (इन्सपेक्टर)मा ) बढुवा सिफारिस गरेको छ ।
लामो समयदेखि रोकिएको इन्सपेक्टर बढुवामा बिहिबार बसेको बढुवा समितीको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका ९८ जना सईहरुलाई इन्सपेक्टरमा बढुवाका लागी सिफारिस गरेको सुची प्रकाशन गरेको हो ।
समितिले सर्वाधिक अंक प्राप्त गर्ने उम्मेदवारका आधारमा प्राप्तांकसहित बढुवाका लागि सिफारिस गरेको छ। कास्कीका केशव थापालाई एक नम्बरमा बढुवा सिफारिस गरिएकाे छ । थापाले ९४.९२५० अंक ल्याएर पहिलो नम्बरमा छन् भने सुरेश ठाकुर ९४.७६२५ अंक ल्याएर उनलाई पछ्याएका छन् ।




.gif)



फेसबुक पेज Like गर्नुहोस