खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या
काठमाडौं, भोजपुर - भोजपुर षडानन्द नगरपालिका-९ तालखर्कका ४० वर्षीय बुद्दीमान राईले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन्। शनिबार बिहान राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ वर्षीया इन्द्रकला राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका थिए।
प्रहरीका अनुसार श्रीमतीको हत्यापछि आफू घरबाट करिब ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । आमालाई खुकुरी प्रहार गरेको देखेपछि ८ वर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए ।
स्थानीय पुग्दा इन्द्रकलाको मृत्यु भइसकेको थियो । श्रीमानलाई खोजी गर्दा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनास्थालमा इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरि कार्यालय भोजपुरले जनाएको छ।
देउवा र पौडेलले नेताहरु कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदललाई जिल्ला सभापतिका मागबारे छलफल गरेर अनशन तोडाउन जिम्मेवारी दिएका छन् । यसबारे छलफल गर्न जिल्ला सभापतिहरु चाक्सीबारी बैठकमा पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस