काठमाडौं, एजेन्सी - अहिले सामाजिक सञ्जालहरुमा आफ्नी आमाको मृत शरीर च्यापेर बसिरहेको सानो बाँदरको बच्चाको तस्बिरको चर्चा भैरहेको छ । 

घटनाका ह्दयविदारक तस्बिरहरुमा एक सानो बाँदरको बच्चा आफ्नो मृत आमाको शरिरमा टाँसिएको छ जबकी उसको आमाको निर्जीव शरीर चितुवाको मुखमा झुण्डिएको छ । 

जाम्बियाको दक्षिण लुआङ्वा राष्ट्रिय निकुञ्जमा चितुवाले आफ्नी आमालाई आक्रमण गरेपछि सानो भर्भेट बाँदरले मृत आमालाई छोड्न सकेन । आफैंलाई कालको मुखमा राखेर उसले आफ्नी आमालाई समातेर बसिरहन्छ ।

अन्त्यमा अक्टोबर १४ मा शिकारको क्रममा अन्य चितुवाले सो सानो बच्चालाई पनि मारिदिन्छ । यो ह्दयविदारक तस्बिर जाम्बियाको चिपाटाका वन्यजन्तु फोटोग्राफर शफीक मुल्लाले आफ्नो क्यामरामा कैद गरेका हुन् । 

फोटो खिच्दाको क्षण स्मरण गर्दै मुल्लाले भन्छन्, ‘प्रकृति सधैं सुन्दर हुँदैन र यो तस्वीरले पक्कै हामीलाई जीवनको कठोर वास्तविकता देखाउँछ। दिगो वातावरणको लागि, अरू बाँच्नको लागि जनावरहरू मर्नुपर्छ।’ डेलीमेल