राजेन्द्र महतो बने उपप्रधानमन्त्री, यी हुन् ठाकुर पक्षबाट मन्त्री बन्ने १० अनुहार
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने पक्का भएको छ ।
बालुवाटार स्रोतका अनुसार जसपा वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जान लागेको हो । नेता महतोलाई उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
ठाकुर पक्षबाट राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रेणुका गुरुङ र चन्द्रकान्त चौधरी मन्त्री बन्ने स्रोतले बतायो ।
भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । झाले खानेपानी र कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, श्रीवास्तवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र अरगरियालाई युवा तथा खेलकुद मन्त्रालय पाउनेछन् ।
यस्तै, चौधरीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक र एकवाल मियाँलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने छ ।
जसपाले अरु दुई राज्यमन्त्री पनि पाउने छ । चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुनेछन् ।ठाकुर पक्षबाट आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज ६ वजे सपथग्रहण लिने भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस