काठमाडौं - अर्थमन्त्री रामेश्वर खनाल अब मन्त्रालयका दैनिक काममा सहभागी नहुने भएका छन् ।

बिहीबार निर्वाचन मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस भए लगत्तै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् ।

कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ पिरियड सुरु भयो। अब नाम जोडेर परीक्षणात्मक हल्ला नफैलाउनुहोस्,' शुक्रबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराउँदै उनले लेखेका छन् 

अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेका अनुसार उनको कुलिङ पिरियड सुरु भएसँगै अब अर्थ मन्त्रालयमा नीतिगत निर्णयहरू रोकिने छन् भने दैनिक प्रशासनिक कामहरू भने निरन्तर सञ्चालन हुनेछन्।

 'मन्त्रीज्यू गर्ने भनेको नीतिगत निर्णय हो, अब त्यो हुँदैन, दैनिक प्रशासनिक निर्णय प्रक्रिया रोकिँदैन,' उनले भने ।