काठमाडौं - राष्ट्रिय बीमा कम्पनीको सिइओ नियुक्तिमा अन्योल देखिएको छ । अर्थ मन्त्रालयका उप सचीव अर्जुन भण्डारीको संयोजकत्वमा सिइओ छ्नोट समिति बन्यो । समितिले सबै प्रक्रिया पूरा गरि तीन जनाको नाम सट लिस्टमा राखेको भएपनि एक महिना बितिसक्दा पनि संचालक समितिमा नबुझाउनु रहस्यमय छ । नक्कली बीमा दाबी भुक्तानी गराएर कारबाहीमा परेका शेखर बरालको समेत सट लिस्टमा नाम छ ।

स्रोतका अनुसार बीमा क्षेत्रमा निकै विवादास्पद बनेका शेखर बरालको आर्थिक चलखेल र प्रलोभनमा परी सिइओ नियुक्तिमा अन्योल देखिएको स्रोतको भनाइ छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित कार्य गरि कारबाहीमा परेका व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन मिल्दैन । बीमकको सुशासन  निर्देशिकामा प्रष्ट रूपमा लेखिएको छ ।

बीमकसंग वित्तीय स्वार्थ भएको व्यक्ति कुनै पनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन मिल्दैन । बराललाई बीमा समितिले बीमा ऐन २०४९ को दफा ३६ को उपदफा १ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको छ । उनै बराललाई नियुक्ति गर्न अर्थ मन्त्रालयको समेत दबाब रहेको स्रोतको भनाइ छ ।

यस विषयमा सिइओ छनोट समितिको संयोजक अर्जुन भण्डारीसंग कुरा गर्दा आफू कुनै चलखेलमा नलागेको बताउदै बरु राजीनामा दिने तर गलत निर्णय हुँन नदिने बताउदै सट लिस्टमा परेकाहरुको नम्बर दिएकाले जसको बढी  नम्बर छ, जो एक नम्बरमा छ त्यही व्यक्ति सिइओ बन्ने बताए भने नक्कली बीमा दाबी भुक्तानी गराएर कारबाहीमा परेका व्यक्ति कसरी सट लिस्ट परे भन्ने प्रश्नमा भने भण्डारीले समय सूचना नआएको कारण गल्ती भएको बताए ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित कार्य गरि कारबाहीमा परेका व्यक्तिलाई नियुक्ति गरे । सिइओ छ्नोट समिति र संचालक समिती विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने तयारी सरोकारवालहरु को छ भने भ्रष्टाचार बिरोधी अभियन्ताहरूले भ्रष्टाचार गरेर कारबाहीमा परेका व्यक्तिबाट पैसा लिएर नियुक्ति गरे नियुक्ति गर्नेहरुलाई जनताको बीचमा ल्याएर कारबाही गर्ने चेतावनी दिएका छन् । यस् विषयमा खबर एक्सप्रेस टेलिभिजन कार्यक्रममा विशेष रिपोर्ट प्रशारण हुने छ ।

हेर्नुहोस् बीमा समितिले कारबाही गरेको पत्र:

No description available.