काठमाडौं - उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अबस्थाका बारेमा जानकारी लिएका छन् । उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत् थापाको स्वास्थ्य अबस्थाबारे जानकारी लिएका हुन् । 

यसका साथै, उनले थापाकी आमा शान्ता थापालाई टेलिफोन गरी सरकारका तर्फबाट विशेष सहयोग गर्न परे जानकारी गराउन आग्रह गरे । ‘सरकारका तर्फबाट केही विशेष सहयोग गर्न सकिन्छ भने मलाई सिधै फोन गर्नुस्, उपचारमा आवश्यक सहयोग गर्न तयार छौं’ उपप्रधानमन्त्री पोखरेलले भने । 

थापाको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।