एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-०६-१६ १२:३२ मा प्रकाशित
Total Shares: 137
काठमाडौं - मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस