काठमाडौं - साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ७१ हजार ८ सय रुपैंयामा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार पनि स्थिर रहँदै ७१ हजार ८ सय रुपैंयामै कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि स्थिर भएको छ । आज प्रतितोला ७१ हजार ५ सय रुपैंयामा कारोबार भैरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला ८ सय ५५ रुपैंयामा कारोबार भैरहेको छ ।