काठमाडौं - जनकपुरका सडकमा पैसा छरेर हिँड्ने महिलाको कोरोनाको पिसिआर परीक्षण नेगेटिभ आएको छ ।

गत शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँका दर्जनौँ नोट छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा आरडीटी विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो ।

तर, जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ती महिलाको पिसिआर रिपोर्ट भने नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।

नाताले नन्द भाउनू पर्ने ती महिलालाई कोरोना भाइरस संक्रमणको त्रासमा बाटोबाटोमा पैसा फालेर फरार भएको आरोपमा शनिबार प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिए लगत्तै प्रहरीले दुवैजनाको र्‍यापिड टेस्ट गर्न लगाएको थियो ।