काठमाडौं-काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम मापन गरिएको छ ।

बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस मापन गरिएको हो ।

मौसमविद्का अनुसार यो यस वर्षको हालसम्मकै न्यून तापक्रम हो ।

बिहीबार र शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको थियो ।

यसैबीच, देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।