काठमाडौं - बाराको कलैया उपमहानगरपालिका मेयर राजेश राय यादव पक्राउ परेका छन् । राहतमा कुहिएको दाल दिएको आरोपमा मेयर यादवलाई मंगलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

‘कालोबजारी मुद्दामा अनुसन्धानको लागि मेयर यादवलाई नियन्त्रणमा लिएका हौ’, बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले भने, ‘यस बारे थप अनुसन्धान गर्दैछौँ।’

गत २८ गते नगरले लकडाउनबाट समस्यामा परेका अति विपन्न परिवालाई कुहिएको दाल राहतमा वितरण गरिएपछि प्रहरीले अनुसन्धान गरि कालोबजारी मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो । प्रहरीले यसमा संलग्न अन्य लाई पनि पक्राउ गरेकाे छ ।