सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताको बैठक
खबर एक्सप्रेस
२०८२-०३-०६ ०२:५९ मा प्रकाशित
Total Shares: 145
काठमाडौं - प्रमुख तीन दलका शीर्ष नेताको बैठक सिंहदरबारमा सुरु भएको छ।
सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरु सहभागी छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस