एनआईसी एशिया बैंकको आकर्षक क्यासब्याक योजना
खबर एक्सप्रेस
२०७८-०२-०३ ११:१३ मा प्रकाशित
Total Shares: 431
काठमाडौं - एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौं: मोबाइल बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ ।
उक्त योजनाअनुसार यस बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता प्राप्त गर्न सक्नेछन् र यस योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन् ।
यो योजना २०७८ जेष्ठ २ देखि जेष्ठ ३१ सम्म लागू हुनेछ ।
फेसबुक पेज Like गर्नुहोस