अफगानिस्तानमा अब युद्ध सकियो : तालिबान
काठमाडौं, एजेन्सी - तालिबान प्रवक्ताले अफगानिस्तानमा युद्ध समाप्त भएको प्रतिक्रिया दिएका छन् ।
समाचार च्यानल अलजजिरालाई अन्तर्वार्ता दिँदै तालिवानका प्रवक्ता मोहम्मद नइमले यस्तो बताएका हुन् । आफूहरुको संगठनले अन्तर्राष्ट्रिय समूदायसँग शान्तिपूर्ण सम्बन्ध राख्न चाहेको उनको भनाइ छ । उनीहरुसँग अफगानिस्तानको सम्बन्धमा कुनैपनि मुद्दाबारे छलफल गर्न चाहेको पनि उनी बताउँछन् ।
उनले तालिवानको अबको एकमात्र ध्यान देशमा शान्ति कायम गर्नुतर्फ रहेको बताए । उनले संगठनको सरिया कानुनमा महिला र अल्पसंख्यको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरिने पनि बताएका छन् ।
अफगानिस्तानले कसैको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति आफूहरुको रहने र अरुले पनि आफ्नो देशको लागि त्यस्तै गरोस् भन्ने चाहेको उनको भनाई छ । ‘२० वर्षको प्रतिक्षापछि हामी काबुल पुग्न सफल भयौँ, जहाँ हामी पुग्ने लक्ष्यमा थियौँ । हामी आफ्नो देशको स्वतन्त्रताका साथै जनताको स्वतन्त्रता चाहन्थ्यौँ । हामी न हाम्रो भूमि कसैको विरुद्धमा प्रयोग हुन दिन्छौं न त हामी कसैलाई गर्न चाहन्छौँ ।' उनले भने ।
यस्तै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले आइतबार नै देश छाडिसकेका छन् ।
फेसबुक पेज Like गर्नुहोस