काठमाडौं उपत्यकामा थपिए १ हजार १ सय ७७ कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०६-१७ ०४:३४ मा प्रकाशित
Total Shares: 261
काठमाडौं - काठमाडौं उपत्यकामा थप १ हजार १ सय ७७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा.जागेश्वर गौतमका अनुसार शनिबार थप १ हजार १ सय ७७ जनामा पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार १, भक्तपुरका ६७ जना र ललितपुरका १०९ जना छन्।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
फेसबुक पेज Like गर्नुहोस