काठमाडौं - सत्तारुढ गठबन्धनले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको छ ।

सोमबार नेपाली कांग्रेसका सचेतक, माओवादी केन्द्रका प्रमुख सचेतक, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले संयुक्त वक्तव्य जारी गर्दै ओलीको धम्किपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । 

भदौ ३ र ४ गते सभामुखको कार्यकक्ष सिंहदरबारमा एमालेका सांसदहरू पार्टीले कारवाही गरेका सांसदहरूलाई पदमुक्त गर्न भन्दै धर्ना दिन गएका थिए । सो क्रममा सांसदहरूले संसदीय मर्यादाविपरीत बल प्रयोग जस्ता धम्कीपूर्ण अभिव्यक्ति र विपक्षी दलका नेताले सार्वजनिक मिडियामा सभामुखविरुद्ध दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।