काठमाडौंमा राजेन्द्र महतोको पुत्ला जलाइयो, दर्जन बढी विधार्थी नेता पक्राउ
काठमाडौं - उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ बनाउने अभिव्यक्ति दिएपछि विरोध शुरु भएको छ ।
उपप्रधान तथा सहरी विकासमन्त्री महतोले शुक्रबार पदभार ग्रहण गर्दै ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने अभिव्यक्ति दिएपछि शनिबार काठमाडौंको बानेश्वरमा उनको पुत्ला जलाइएको छ ।
पुत्ला जलाउनेले क्रममा सत्तारुढ एमाले निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित दर्जन बढी विधार्थी नेता प्रकाउ परेका परेका छन् ।
टेपेन्द्रजंग शाही, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चपागाई, अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, मानबहादुर बुढालगायत पनि पक्राउ परेका छन्।
उनीहरुलाई प्रदर्शनी मार्गस्थित महेन्द्र पुलिस क्लब राखिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस