मैलुङ खोला जलविद्युत् कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन सोमवारसम्म
काठमाडौं - मैलुङ खोला जलविद्युत् कम्पनीले आईपीओमा आवेदन गर्ने अन्तिमदिन सोमवारसम्म रहेको छ ।
कम्पनीले सर्वसाधारणका लागि साउन १४ गतेदेखि ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि,३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ६ लाख ८४ हजार७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
कम्पनीले निष्कासन गरेको आईपीओमा मागभन्दा बढी आवेदन भइसकेको छ । कम्पनीले निष्कासन गर्न गरेको आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी डि इक्यूआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले वित्तीय दायित्त पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने छ ।
आईपीओ निष्कासन तथा बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ८१ लाख ४३ हजार पुग्नेछ । आईपीओपछि कम्पनीको शेयर संरचना संस्थापकतर्फ ७० प्रतिशत,आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारीसमेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस