बाँकी क्याम्पसमा १५ दिनभित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
खबर एक्सप्रेस
२०८१-१२-०६ ०८:२६ मा प्रकाशित
Total Shares: 164
काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिइएको हो ।
मङ्गलबार देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो।
निर्वाचनको मतपरिमाण आउने क्रम जारी छ। विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन।

.gif)



फेसबुक पेज Like गर्नुहोस