काठमाडौंमा बसन्त मानन्धरको नेतृत्वमा एमालेको समानान्तर कमिटी
खबर एक्सप्रेस
२०७७-१२-२२ ०४:४७ मा प्रकाशित
Total Shares: 483
काठमाडौं - नेकपा एमालेको खनाल–नेपाल समूहले काठमाडौँमा पनि समानान्तर कमिटी गठन गरेको छ । बागमती प्रदेश सभाका सदस्यसमेत रहेका बसन्तप्रसाद मानन्धरको नेतृत्वमा कमिटी घोषणा गरिएको हो ।
प्रधानमन्त्रीसमेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललाई पार्टीको साधारण सदस्यबाट ६ महिना निलम्बन गरेपछि खनाल–नेपाल समूहले देशभर समानान्तर कमिटी बनाउने कार्यलाई तिव्रता दिएको छ ।
एमालेको जिल्ला अध्यक्षमा ओली समूहका कृष्ण राई छन् ।
फेसबुक पेज Like गर्नुहोस