करेन्ट लागेर सिन्धुलीमा एक जनाको मृत्यु
सिन्धुली - सिन्धुलीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान २ बजेतिर बत्ति बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
करेण्ट लागेर घाइते भएकी भोलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । भोलनलाई करेण्ट लागेपछि उनका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइब र ज्ञानबहादुर थिङ रहेका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
फेसबुक पेज Like गर्नुहोस