पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल प्यानलसहित भारी मतले निर्वाचित
खबर एक्सप्रेस
२०७७-१२-२८ ०६:०३ मा प्रकाशित
Total Shares: 262
काठमाडौं - नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् ।
शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी बनेको हो ।
पोख्रेलले प्रगतिशील, समावेशी र राष्ट्रियता प्रतिबद्ध व्यावसायिक पत्रकार प्यानलकी प्रतिद्वन्द्वी निर्मला शर्मालाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । पोख्रेल ५८७७ मत ल्याउँदै विजयी हुँदा शर्माले ३३२६ मत मात्र पाइन्।
मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो। नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए ।
फेसबुक पेज Like गर्नुहोस