काठमाडौं - नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा साविक विजेता भारतलाई १(० गोल अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपाललाई जित दिलाउन रश्मीकुमारी घिसिङले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरिन् । 

महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । अब नेपालले फाइनलमा बंगलादेशको सामना गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।