नेकपा (एकीकृत समाजवादी)काे केन्द्रीय कार्यालय मिनभवनमा
खबर एक्सप्रेस
२०७८-०५-१८ ०२:१८ मा प्रकाशित
Total Shares: 277
काठमाडौं - माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कार्यालय मिनभवनमा हुने भएको छ ।
एकीकृत समाजवादी पार्टी दर्ताका बेला निर्वाचन आयोगमा निवेदन दिँदा नयाँ बानेश्वर ठेगाना दिइएको थियो । १० दिनपछि मिनभवनमा तीन तले भवन पार्टी केन्द्रीय कार्यालयका लागि भाडामा लिन सम्झौता प्रक्रिया अघि बढेको स्थायी कमिटी सदस्य डा.वेदुराम भुसालले जानकारी दिए ।
‘पार्टी केन्द्रीय कार्यालयका लागि निजी भवन भाडामा लिने प्रक्रिया अघि बढेको छ,’ नेता भुसालले भने, ‘अहिले सरसफाइ र रंगरोगनको काम भइरहेको छ । चाँडै केन्द्रीय कार्यालय सञ्चालनमा आउने छ ।’
नेपाल नेतृत्वको एकीकृत समाजवादी गत ९ भदौमा निर्वाचन आयोगमा दर्ता भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस