काठमाडौं - यस वर्षको ओस्कर अवार्डमा नेपालबाट अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा ‘बुलबुल’ सिफारिस भएको छ। नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले सो फिल्मलाई छनोट गरेको हो।

पुरस्कार भने सन् २०२० मा घोषणा गरिने छ। समितिले १ अक्टोबर २०१८ देखि ३० अगष्ट २०१९ सम्म प्रदर्शन भएका चलचित्रलाई सहभागिताका लागि आह्वान गरेको थियो। तर, ‘बुलबुल’ मात्र सहभागी भयो।

अब ‘बुलबुल’ आगामी फेब्रुअरी ९ मा अमेरिकाको लस् एन्जेलसमा हुने ९२औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा अन्य देशका चलचित्रसँग प्रतिस्पर्धामा उत्रनेछ।