निलम्बन फुकुवाको पत्र नआएसम्म राणालाई छिर्न नदिनू : सर्वोच्च प्रशासन
खबर एक्सप्रेस
२०७९-०६-०२ १०:०७ मा प्रकाशित
Total Shares: 187
काठमाडौैं - सर्वोच्च अदालत प्रशासनले निलम्बन फुकुवाको पत्र नआएसम्म चोलेन्द्र शमशेर राणालाई अदालत प्रवेशमा रोक लगाउन सुरक्षाकर्मीलाई निर्देशन दिएको छ ।
महाभियोग प्रस्ताव दर्ता भएपछि सभामुखको आदेश उल्लेख गरी संसद् सचिवालयले चोलेन्द्र निलम्बनमा परेको पत्र सर्वोच्च अदालतमा पठाएदेखि राणा निलम्बनमा छन् ।
चोलेन्द्रले भने संसद्को कार्यकाल समाप्त भएकाले आफूविरुद्धको महाभियोग पनि स्वतः निष्क्रिय भएको तर्कसहित आजै सर्वोच्च अदालतमा प्रवेश गर्ने तयारी गरेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस