काठमाडौं - प्रमुख प्रतिपक्षी नेकपा एमालेले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव दर्ता गराएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जारी बजेटमाथिको छलफल रोकेर तत्काल जीटुजी विधिबाट रासायनिक मलको खरिद गरी किसानलाई आवश्यक मलको व्यवस्था गर्न छलफल गर्नुपर्ने भन्दै बैठकका कार्यक्रम स्थगन गर्न प्रस्ताव पेश गरेका हुन् ।

साे स्थगन प्रस्ताव स्वीकृत भएकाे खण्डमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुनेछ ।