ललिता निवास प्रकरणः ४९ जनाको नाममा रहेको जग्गा सरकारीकरण हुँदै, २१ दिने सूचना जारी
काठमाडौं - सरकारले बालुवाटारस्थित ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको हो । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेश अनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको भन्दै पत्रिकामा सूचना जारी गरिएको बताइएको छ ।
जारी सूचनामा ‘सरकारको नाममा कायम गर्न नपर्ने कारण भए आफ्नो भनाई सवुत कागम प्रमाणसहित कार्यालयलाई २१ दिनभित्र सूचित गरिसक्नु पर्ने’ भनिएको छ। नभए स्वतः सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ । उक्त जग्गा प्रकरणमा अहिलेका बहालवाला मन्त्रीदेखि लिएर पूर्वप्रधानमन्त्री, सर्वोच्चका न्यायाधीश, व्यवसायी, अख्तियारका पूर्व प्रमुखलगायत धेरै जना सरकारी कर्मचारी मुछिएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस