ट्राफिकले चिट काटेको भन्दै गोंगबुको सडकमै चालकहरुले बस तेर्साए
खबर एक्सप्रेस
२०७७-१२-०९ ०२:४७ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - काठमाडौंको गोंगबुस्थित बसपार्कअगाडि रिङरोडको बीचमा बस तेर्साएर चालकहरुले विरोध जनाएका छन् । विनागल्ती ट्राफिक प्रहरीले जरिवाना लिन खोजेको भन्दै सोमबार बिहान चालकहरुले बीच सडकमा बस तेर्साएरका हुन् ।
ट्राफिक प्रहरीका अनुसार नियम भन्दा बाहिर गएर सवारी चलाएको पाईएपछि उनीहरुलाई कारवाही गरिएको हो । जरिवाना काटिएका सवारी काठमाडौबाहिर जाने यात्रु बाहक बस रहेका छन् ।
चालकहरुले बिच सडकमै बस तेर्साएर विराेध जनाएपछि रिङरोडको सवारी आवागमन केही बेर प्रभावित भएको थियो । तर, हाल प्रहरी परिचालन गरेर अवरोध हटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस