दक्षिण अमेरिकामा ७.५ म्याग्निच्युडको भूकम्प
खबर एक्सप्रेस
२०८२-०५-०६ ११:३८ मा प्रकाशित
Total Shares: 61
काठमाडौं- दक्षिण अमेरिकामा आज बिहान ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.५ म्याग्निच्युड मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दू ड्रेक जलमार्गको ३६ किलोमिटर गहिराइमा थियो । हालसम्म कुनै मानविय वा संरचनात्मक क्षतिको खबर आएको छैन । यो पूर्वमा एट्लान्टिक महासागरलाई पश्चिममा प्रशान्त महासागरसँग जोड्छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस