नवनियुक्त मन्त्रीहरूकाे सपथ ग्रहण आज
काठमाडौं - नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनियताकाे शपथ आज लिँदै छन्।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । चार मन्त्री र एक राज्यमन्त्री परिवर्तन भएका छन्।
जसअनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकासमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसंख्यामन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथको कार्यक्रम सोमबार बिहान ११ बजेलाई तय गरिएको छ।
यसअघि उक्त पार्टीबाट प्रेमबहादुर आले संस्कृतिमन्त्री, रामकुमार झाँक्री सहरी विकासमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रममन्त्री र विरोध खतिवडा स्वास्थ्यमन्त्री थिए। उनीहरू सरकारबाट बाहिरिसकेका छन्। सत्ता गठबन्धन सरकारका नेपाली कांग्रेस, नेकपा माओवादीका मन्त्रीलाई भने यथावत राखिएकाे छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस