जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको जिप दुर्घटना, तीन जनाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-०१ ०१:५१ मा प्रकाशित
Total Shares: 292
काठमाडौं - गुल्मीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको जिप प्युठानमा दुर्घटना भएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेको लु१ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
मृत्यु हुनेमा सूर्य पन्थी, ईश्वरी भण्डारी र अर्का एक कर्मचारी रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
स्वर्गद्वारी नगरपालिका ३ रूमालेस्थित कच्ची सडकमा ओभरटेक गर्ने क्रममा जिप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस